माईजोगमाई गाउँपालिकाको आयोजनामा हिजोबाट युवा उद्यमीसगँ उपाध्यक्ष कार्यक्रम अन्तरगत उद्यमशिलता बिकास तालिम माईजोगमाईको केन्द्र नयाँबजारमा सुरू भएको छ ।
माईजोगमाई गाउँपालिकाको सबै वडाहरूले उद्यमीहरू छनौट गरि तामिममा पठाएको हो । तालिममा माईजोगमाई भरीका ३० जना सहभागिले सहभागिता जनाएका छन् ।
माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षतामा संचालित कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश वहादुर थेवेको प्रमुख आथित्यता रहेको थियो साथै वडा नं ३ का वडाध्यक्ष राम घिमिरे वडा नं ४ का वडाध्यक्ष डुरन देवानको विशेष आथित्यता रहेको थियो । उक्त कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं १ का वडा सदस्यहरू भक्त चेमजोङ , कल्पना रसाईली साथै उपाध्यक्षसग युवा उद्यामी कार्यक्रम संचालन समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
तालिमको सहजिकरण इलाम मल्टीप्रपोज कम्पनी लि.ईलामका गोपाल पौडेल, प्रज्वल अधिकारी र प्रेम अधिकारीले सहजीकरण गरिरहनुभएको छ ।
उद्घाटन कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तथा समिति सदस्य डुरन देवानले स्वगत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम माथि प्रशिक्षक गोपाल पौडेलले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले तालिममा सहभागी सबैलाई तालिमअवधिभर रहेर तालिम लिनको लागि अनुरोध गर्नुभयो ।।
तालिममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिएकोमा सबैलाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
तालिमको उद्घाटन सत्रको कार्यक्रमको संचालन सामाजिक बिकाश शाखा प्रमुख मान बहादुर पौडेलले संचालन गर्नुभएको थियो ।