स्वस्थ्य कार्यलय ईलामको आयोजना तथा माईजोगमाई गाउपालिकाको संमन्वयमा आज एक कार्यक्रमको बिच माईजोगमाई गाउँपालिकामा रहेका राष्ट्रिय महिला सामुदायिक स्वस्थ्य संयमसेविकालाई प्रदेश सरकारले प्रदान गरेको प्रोत्साहन रकम आज एक कार्यक्रमका बिच बितरण गरिएको छ ।
कार्यक्रममा माईजोगमाई गाउपालिका भित्र रहेका ८६ जना स्वस्थ्य संयमसेविकाहरूलाई नगद रू ५०००/- का दरले प्रोत्साहन रकम बितरण गरिएको हो ।
समाजमा रहेका विभिन्न नसर्ने दिर्घ रोगिहरू तथा विभिन्न रोगिहरू समक्ष सबैभन्दा छिटो पुग्ने संयमसेविकाहरू रहेको र संयमसेविकाहरूलाई विभिन्न रिपोटिङहरू समयमा गर्नको लागि पालिका अध्यक्ष कुश बहादुर थेवेले अनुरोध गर्नुभयो ।
कार्यक्रममा माईजोगमाई स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले स्वगत मन्तब्य राख्नुभएको थियो ।
स्वस्थ्य कार्यलय ईलामका तथ्याङ्क अधिकृत किरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउपालिका प्रशासन शाखा प्रमुख तथा निमित्व कार्यलय प्रमुख गोकुल प्रसाद संजेलको विशेष आथित्यता साथै स्वस्थ्य कार्यलय ईलामका खोप सुपरभाईजर निरिक्षक गंगाधर पण्डित , ल्याव निरिक्षक गोपाल बराल को उपस्थितिमा भएको कार्यक्रममा ६ वटा नै वडामा रहेका स्वस्थ्य संयमसेविकाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन स्वस्थ्य कार्यलय ईलामका महिला संयमसेविका जिल्ला फोकल पर्सन लक्षुमण ढकालले संचालन गर्नुभएको थियो ।