माईजोगमाई गाउँपालिकामा संचालन रहेको सफ्ट्वेयरहरू संचालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
माईजोगमाई गाउपालिकाको आयोजनामा आज गाउपालिकामा संचालन रहेक सफ्ट्वेयरहरू सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
माईजोगमाई गाउालिकाले पालिकलाई पूर्ण रूपमा प्रबिधिमैत्री बनाउनको लागि हाल १० वटा भन्दा धेरै विभिन्न सफ्टवेयरू संचालनमा राखेको छ । गाउँपालिकाले केही दिन अगाडि माध्यमिक बिद्यालयहरूमा ई-हाजिरी जडान कार्य सम्पन्न गरेको छ भने पालिकाल भित्र रहेका वडा कार्यलय स्वस्थ्य संस्था तथा बिद्यालयहरू सिफारिस साथै दर्ता चलानीको काम अनलाईन बाट गर्दै आएको छ । बिद्यालय बाहेक अन्य कार्यलयमा गत आर्थिक बर्षबाट नै सिफारिस दर्ता चलानी संचालनमा ल्याएको थियो ।
स्थानिय संचित कोष प्रणाली (सुत्र) बाट कर संकलन गर्ने ईलाम जिल्लाकै पालिका मध्येमा माईजोगमाई गाउपालिका पहिलो पालिका भएको दावी गर्दै आएकोमा पालिकाले यश बर्षबाट १० वटा भन्दा बढी सफ्टवेयर संचालनमा ल्याएको छ।
स्थानिय सरकार प्रत्यक्ष जनतासगँ नजिक रहेको सरकार भएकोले जनताका कामहरू छिटो छरितो गर्नको लागि विभिन्न सप्टवेयर मार्फत काम गर्दै आएको पालिकाले जनाएको छ ।
माईजोगमाई आधारभूत अस्पताल र प्याङ प्राथमिक स्वस्थ्य केन्द्र बाट प्रदान गरिएको बिमाको काम पनि अब live api सिस्टम बाट संचालनमा आएको सुचना प्रबिधि शाखाले जनाएको छ ।
पालिकाबाट सिफारिस , दर्ता चलानी , जिन्सी, ई-हाजीरी , सामाजिक सुरक्षा , पन्जिकरण , राजश्व प्रणाली , योजना , स्थानिय संचित कोष प्रणाली (सुत्र) , पाम्स , बिमाको लागि live api सिस्टम लगायतको प्रणालीहरू संचालनमा राखेको छ ।
अभिमुखीकरण कार्यक्रम माईजोगमाई गाउपालिका प्रशासन शाखा प्रमुख तथा निमित्व कार्यलय प्रमुख गोकुल प्रसाद संजेलको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यतामा सम्पन्न भएको हो ।
अभिुखीकरण कार्यक्रममा माईजोगमाई गाउपालिकाका सबै वडाका कर्मचारीहरू स्वस्थ्य संस्थाका कर्मचारीहरू बिद्यालयका शिक्षकहरू ईलाका प्रहरी कार्यलयका प्रहरीहरू पालिकाका कर्मचारीहरू लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीहरण सफ्टेक ईन्फोसिस का प्रवेश आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रमको संचालन माईजोगमाई गाउपलिकाका कम्प्युटर अपरेटर अशोक लिम्बुले संचालन गर्नुभएको थियो ।।