समाचार

बुधबारे जेसीजको आयोजनमा १ दिने स्वास्थ्य शिविर सम्पन्न ५१ बालबालिकाले लिए सेवा

✍️ ज्ञानु भट्टराई / झापा

झापाको बुद्धशान्ति १ स्थित छलिमाया स्मृति जेसीज सचिवालय भवनमा बुधबारे जेसीजले बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण, आवश्यक ल्याब टेष्ट र औषधी वितरण सम्बन्धी शिविर संचालन गरेको छ । बुधबारे जेसीजको आयोजना, होक्से पोलिक्लिनिक एन्ड डाइगन्ष्टिक सेन्टरको सहआयोजना र विर्तामोड चिल्ड्रेन अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

शिविरमा बुद्धशान्ति गाउँपालिकाका ५१ बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण, ५० जनालाई औषधी तथा १५ जनाको निशुल्क ल्याब टेष्ट गरिएको बुधबारे जेसीजका निवर्तमान अध्यक्ष तथा होक्से पोलिक्लिनिक एन्ड डाइगन्ष्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्जुन ढकालले जानकारी दिनु भयो ।

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुुर्योधन सिंह राजपुत (देव) को अध्यक्षता तथा कार्यक्रम संयोजक कुशल अधिकारीको संयोजकत्वमा संचालन गरिएको शिविर उद्घाटन कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु शेमन्त पोखरेल, हेमन्त बराल, मुकेश भट्टराई, नन्दकुमार याफू राई, बुधबारे जेसीजका मानार्थ सदस्य दिपेन सिटौला, बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेद यादवको अतिथ्यता रहेको थियो ।

त्यस्तै बुधबारे जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी, विर्तामोड चिल्ड्रेन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजना मैलानी, प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्य र विर्तामोड चिल्ड्रेन अस्पतालका अध्यक्ष लिला मैनालीको विषेश अतिथ्यता र बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

शिविर उद्घाटन कार्यक्रममा बुधबारे जेसीज पूूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी, विर्तामोड चिल्ड्रेन अस्पतालका अध्यक्ष लिला मैनाली र प्रमुख अतिथि वडाध्यक्ष अनिल वाग्लेले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

बुधबारे जेसीज वर्ष २०२४ का उपाध्यक्ष सुरज दंगालले संचालन गरेको कार्यक्रममा, वर्ष २०२४ थिम डाइरेक्टर कृष्ण ढकालले जेसीज आस्था वाचन गर्नु भएको थियो भने कार्यक्रम संयोजक कुशल अधिकारीले कार्यक्रमको औचित्यमा प्रकाश पारदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित तथा सहयोगी सम्पूर्णमा धन्यवाद तथा स्वास्थ्य सेवा व्यवसायिक मात्र नभएर सेवामुलक हुनुपर्छ भन्ने कुराको विचार व्यक्त गर्दै बुधबारे जेसीजले आगामी दिनमा थप रचनात्मक कार्यहरु गर्दै जाने प्रतिबद्धता सहित अध्यक्ष सिंहले कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Response