बुधबारे जेसीजले गर्यो बुद्धशान्ति १ मा अधेरीका अतिविपन्न बहादुर साम्पाङ राइको परिवारलाई राहत वितरण ।
✍️ ज्ञानु भट्टराई / झापा
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज परिवारले समाजमा विभिन्न सेवामूलक कार्य गर्दै उदाहरण बन्दै आएका छन् ।
यसै सन्दर्भमा बुधबारे जेसिजले बिहिवार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १ स्थित दामा अधेरीका अतिविपन्न बहादुर साम्पाङ राइको परिवारलाई खाद्यान्य तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ ।
बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंहको अध्यक्षता,साथै तार्केश्वर गुप्ताको संयोजक्त्वमा बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा साम्पाङकै घरमा गएर सो सामाग्री हस्तान्तरण गरिएको हो ।
चुहिने टिनले छाएको घरमा आफ्नी बिरामी श्रीमतीलाई एक्लै स्यहार गर्दै बसेका ७० वर्षिय साम्पाङ परिवारको आर्थिक अवस्था अत्यान्तै कम्जोर खानलाउन समेत समस्या भएकाले थोरै भए पनि सहजहोस् भन्ने उद्धेश्यले सहयोग गरेको बुधबारे जेसीज अध्यक्ष सिंहले बताउनु भयो ।
जेसीजका सदस्यहरु द्वारा आर्थिक तथा जिन्सी संकलन गरि साम्पाङ परिवालाई लत्ताकपडा र खाद्यान्न गरी चौध हजार ३४० बराबरको सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तार्केश्वर गुप्ताले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरणका क्रममा बोल्दै प्रमुख अतिथि अनिल वाग्लेले वडा नं. १ को कार्यालयले साम्पाङकी बिरामी श्रीमतीको उपचारका लागि आवश्यक सहजीकरण र स्थानीय युवा तथा संघसंस्थासँगको सहकार्यमा आवश्यक सहयोग गर्ने बताउनु भयो ।
बुधबारे जेसीज वर्ष २०२४ महासचिव गजुहाङ योङुहाङले संचालन गरेको कार्यक्रममा बुद्धशान्ति गाउपालिका वडा न.१ का वडा सदस्य मोहन कुमार राई, बुधबारे जेसीज पूर्व अध्यक्ष प्रकाश भण्डारी न्यु स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल लगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।