शिक्षाकाे बिकासमा साझेदार रहने अभिभावकहरुकाे लागि आजबाट अभिभावक शिक्षा शुरु गरिएकाे छ ।
वालबालिकाहरुकाे सिकाईलाई सार्थक र परिणाममुखि बनाउन शिक्षक र बिद्यार्थीहरुकाे सहभागिता अपुराे हुने र यसकाे जिम्वेवार पक्ष अभिभावकहरु समेत हुने भएकाेले बिद्यालय,सिक्षण सिकाई र वालसक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहरुलाई समेत शिक्षा दिन याे कार्यक्रम थालिएकाे गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताए ।
गाउपालिकाले अभिभावक शिक्षा सचालन गर्न कार्यबिधि बनाएर पाठ्यक्रम तैयार गरेर प्रशिक्षक छनाैट र प्रशिक्षित गरि आजबाट बिद्यालयहरुमा खटाएकाे हाे ।हरेक महिनाकाे एकदिन अभिभावकहरुलाई बिद्यालयमा वाेलाएर शिक्षाकाे महत्व र शैक्षिक गतिबिधि ,समस्या चुनाैति र भुमिकाकाे वारेमा कक्षा सचालन गरिने रत्यस दिन वालबालिकाहरु घरमै बसेर आमावाबुकाे काममा सहभागिता जनाएर दाेहाेराे जिवनउपयाेगि शिक्षाकाेलागि कार्यक्रम सहयाेगि हुने गाउपालिकाले अपेक्षा गरेकाे छ ।
आज गाउपालिकाकाे ३० मध्ये एघारवटा बिद्यालयमा अभिभावक शिक्षा चलेकाे र यसमा उल्लेखनिय रुपमा अभिभावकहरुकाे सहभागिता रहेकाे राेङ गाउपालिका शिक्षा शाखाले बताएकाे छ । वाकि बिद्यालयहरुमा अागामि केहिदिनमा कार्यक्रम सचालन हुने भएकाे छ ।