माईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाईका बिद्यार्थीहरु र ५० बर्ष माथिका नागरिकहरुको निशुल्क आँखा चेक गरिने

नेपाल नेत्र ज्योति संघ ईलाम , लाहन आँखा कान उपचार केन्द्र र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजना र माईजोगमाई गाउँपालिकाको सहकार्यमा आज आँखा उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिका नयाँबजारमा सम्पन्न भएको छ ।

नेत्र ज्योति संघ ईलामका अध्यक्ष ईन्द्र फुएलको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्याता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई , बिराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरी माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत को बिशेष आथित्यता तथा ६ वटा नै वडाका वडाध्यक्ष , वडा सचिवहरु , कार्यपालिका सदस्यहरु वडा सदस्यहरु लगायतको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल नेत्र ज्योति संघबाट संचालन भएको आँखा उपचार केन्द्रहरु ईलाममा ३ वटा रहेको उक्त उपचार केन्द्रहरुले ईलाम नगरपालिका सुर्योदय नगरपालिका र देउमाई नगरपालिकाबाट सेवा दिईरहेको जानकारी रहेको छ ।

यसै सन्दर्भमा माईजोगमाई गाउँपालिकाको सम्पूर्ण बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुको र ५० बर्ष माथिका नागरिकहरुको आँखा निशुल्क चेक गरिने र माईजोगमाई गाउँपालिका भरी शिविर रहने साथै शिविरमा कुनै शुल्क नलाग्ने समेत जानकारी रहेको छ । यसैगरी बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई आँखा चेक गरेपछि चस्मा समेत निशुल्क बितरण गरिने र चस्माको लागि सुर्योदयको फिक्कल जानुपर्ने जानकारी समेत रहेको छ ।
यसैगरी आँखा सगै कान समेत चेक गरिने जानकारी रहेको छ ।

Leave a Response