शिक्षा / स्वस्थ्यसमाचार

कडा क्षयराेगीलाई बिशेष उपचारसहित पाैष्टिक आहार

गाेबिन्द पाैडेल /राेङ


राेङ गाउपालिमा भेटिएका कडा क्षयराेगिलाई बिशेष उपचार सहित पाैस्टिक आहार बितरण गरिएकाे छ
क्षयराेगकाे पहिचान गरेर नियमित रुपमा औषधि सेवन गरे सजिलै निकाे हुन सक्छ तर समयमा नियमित रुपमा मापदण्डअनुसार औषधि सेवन याे राेग खतरनाक बन्छ जसलनई डि आर (ड्रक्स रेसिस्टेन ) भनिन्छ जसमा राेगिवाट सक्रमणकाे सभावना अति तिब्र र राेगिकाे अवस्था पनि खतरनाक हुन सक्छ यस्ताे बेलामा राेगिलाई औषधि धेरै सगै पाेसिलाे खानेकुराकाे अावश्यक्ता बढि हुन्छ ।

क्षयराेगिहरुकाे नियमित गरेर औषधि उपचारमा नियमित लागेकाे राेङ गाउपालिका डि आर राेगी दुईजना भेटिएपछि राेङ गाउपालिका स्वास्थ्य शाखाले सेभ द चिल्ड्रेन ग्लाेवल फन्टकाे सहयाेग र साझेदारी र वागमति सेवा समाजकाे आयाेजनामा राेङ गाउपालिका वडा न ६ मा करिव चालिस हजार बराबरकाे पाैष्टिक आहार बितरण गरिएकाे जनस्वास्वास्थ्य अधिकृत समेत रहेका राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

राेङ गाउपालिकाकाे उपाध्यक्ष बिष्णुमाया खवासले गाउपालिकाले तत्काल आवश्यक सेवा दिनुपर्ने यस्ता समस्याहरुले गाउपालिका जतिसकै बेला चनाखाे र तयार रहेकाे बताउनु भयाे । कार्यक्रममा वागमती सेवा समाजकाे जिल्ला सयाेजक कमल कालाखेतीले क्षयराेगीहरुकाे पहिचान गरि तत्काल उपचारकाे दायरामा ल्याउन जस्ताेसुकै सहयाेग गर्न तयार रहेकाे बताए भने स्वास्थ्य शाखा प्रमुख काफ्लेले क्षयराेग ,यसकाे अवस्था र बच्ने उपयाकाे बारेमा बताएका थिए ।

राेङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासकाे अध्यक्षतामा भएकाे साे सहयाेग बितरण कार्यक्रममा राेङ ६ का जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,स्वास्थ्य स्वय सेबिकाहरुकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Response