अन्तराष्ट्रियसमाचार

सिक्किमको बाढीपहिरोमा इलामका पाँचजना बेपत्ता भएको आशंका

भारतको सिक्किम असोज १६ गते राति गएको बाढीपहिरोमा इलामका पाँचजना परेको आशंका गरिएको छ ।

इलाम प्रशासनले परिवारको सम्पर्कमा नरहेका पाँचजनाको खोजीका लागि सिक्किम सरकारलाई पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार इलाम नगरपालिका ९, गोलाखर्कका ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार बस्नेत परिवारको सम्पर्कबाहिर छन् ।

उनीहरू सिक्किमको लाचेनमा निर्माणको काममा मजदुरी गरिरहेका थिए ।

Leave a Response