अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियशिक्षा / स्वस्थ्यसमाचार

तीन वर्षकी थलङको उपचारमा सहयोग पुर्याउन अनुरोध

इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङकी तीन वर्षकी आन्भी थलङको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ ।

स्थानीय भरत थलङ र अबिस्मा नेम्बाङको ३ बर्षिय छोरी आन्भी थलङलाई बिटा डेल्टा थैलेसेमियासँग हेमोलाइटिक एनीमिया भन्ने रोग लागेको छ ।

बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले उपचारमा ३० देखि ४० लाख माथि खर्च हुने डाक्टरहरुले जानकारी गराएकाले घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उपचार गरी जीवनरक्षा गरिदिनु हुन अनुरोध गरिएको छ ।

थलङलाई विभिन्न अस्पतालमा चेक जाच गर्ने क्रममा भरतपुर क्यान्सर अस्पतालले रोग पता लगाइ भरतपुर क्यान्सर हस्पिटलले रेफर गरेर हाल पाटन अस्पतालमा उपचार गराईरहेको छ ।

सहयोगी मनहरुले बिरामीक फुपु देबि थलङको माछापुछ्रे बैकको खाता नम्बर ०२२०१०३२२४८०००११ मा रकम जम्मा गर्न सक्नु हुनेछ । साथै फोटोसँगैको स्क्यान मार्फत समेत सम्पर्क नम्बर लिन सक्नु हुनेछ ।

Leave a Response