माईजोगमाई गाउपालिका ईलामको प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । माईजोगमाई गाउपालिका नयाँबजारमा बनेको भवनको आज प्रतिनिधि सभाका सदस्य माननीय श्री महेश बस्नेत बाट उद्घाटन भएको हो ।
२०७६ सालमा निर्माण सुरू भएको भवनको निर्माण सम्पन्न २०७९ सालमा भएको हो । २९ मिटर लम्बाई र २१.३ मिटर चौडाई भएको भवनमा ८ कोठा र महिला तथा पुरूष शौचालय रहेको छ । भवनको लागत अनुमान ३ करोड रहेता पनि २ करोड २५ लाखमा आशिर्वाद निर्माण सेवा उदयपुर सग सम्झौता भएको जानकारी रहेको छ ।
भवन उक्त भवन ५ तला सम्मको हुने समेत जानकारी रहेको छ ।
फिक्कल गुप्ती नयाँबजार सडक कालोपत्रे भएपछि पर्यटकहरूलाई समेत माईजोगमाई ल्याउन सकिने र फिक्कल गुप्ती नयाँबजार हुँदै जौवारी कालपोखरी सम्मको सडक जोड्ने कुरा माननीय सासंद महेश बस्नेतले बताउनु भयो ।
मेचि राजमार्ग लाई सिमल गोलाई बाट माईबेनी हुँदै तिल्केनि जोड्नलाई पहल गरिरहेको र माईजोगमाई गाउपलिकालाई मेचि राजमार्गमा जोड्नको लागि पहल गरिरहेको समेत उहाले बताउनु भयो ।
ईलाम जिल्ला पर्यटनको नगरी भएता पनि पर्यटनको कुनै कार्यक्रम नभएको सासंद बस्नेतले बताउनुभयो ।
माईजोगमाई गाउपालिकमा भएको आगलागिको बिषयमा यस्तो नै भएको भनेर पुष्टि गर्न सक्ने अवस्था नभएकोले आधिकारीक धारणा बाहिर ल्याउन नसकेको माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो ।
हामी सबैको सहयोगबाट गाउपालिकाकाको बिकास हुने गाउपालिका अध्यक्षले बताउनुभयो।
गाउपालिकाले प्रमोशन गर्ने कुराहरूलाई प्रमोशन गर्ने कार्यको अवधारणा बनाउन चाहे पनि पालिकामा बजेटको अभाव रहेको पालिका अध्यक्षले बताउनुभयो ।
पालिका सम्म उपस्थित हुनुभएका सम्पूर्णलाई अध्यक्ष कुश बहदुर थेवेले सबैलाई धन्यवाट पनि ब्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष प्रविना राईले स्वगत मन्तब्य राख्नुभएको थियो । भवनको बारेमा लागत लगायतको बारेमा नि.कार्यलय प्रमुख प्रकाश चौधरीले प्रष्ट पार्नुभएको थियो। ।
सोही कार्यक्रममा नेकपा एमाले तथा नेपाली काग्रेसका प्रतिनिधिले समेत आफ्नो कुरा राखेका थिए । कार्यक्रममा पूर्व गाउपालिका अध्यक्ष जित बहादुर राईले समेत भवन उद्घाटन भएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेेवेको अध्यक्षता तथा प्रतिनिधि सभा सासंद माननीय महेश बस्नेतको प्रमुख आथित्यता तथा माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राई ६ वटा नै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य पूर्व गाउपालिका अध्यक्ष जित बहादुर राई विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू बजार ब्यावस्थापन समितिका प्रतिनिधिहरू विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सरोकारवाला बुद्दिजिवि लगायतको उपस्थितिमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको संचालन गोकुल संजेलले गर्नुभएको थियो ।
कार्यक्रमको थप भिडियो यो लिंकमा समेत हेर्न सकिने छ ।
https://www.facebook.com/maijogmainews/videos/340480384975707/?app=fbl