राष्ट्रियसमाचार

बाजुरा केन्द्रविन्‍दु बनाएर भूकम्प

बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोबाट क्षतिको खबर आइपुगेको छैन।

यो पछिल्लो एक महिनामा बाजुरालाई केन्द्रविन्दु बनाएर गएको तेस्रो भुइँचालो हो। यसअघि माघ १० गते ५.९ र माघ १२ गते ४.१ म्याग्निच्युडका भुइँचाला गएका थिए।

बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। आजको समेत जोड्दा पछिल्ला चार महिनामा पश्चिम नेपालमा १३ वटा भुइँचाला गइसकेका छन्।

Leave a Response