समाचार

दक्षिण कोरियामा रहेका नेपालिहरुद्वारा नेपालको विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण

 

इलाम // ७ फागुन २०७९

“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले कोरियाको नयाँ बर्ष (छुसक) मा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्लामा संचालन गरेको छ । इलामको सुर्योदयनगरपालिका १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम गरि उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कपी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुर्योदयनगपालिका १ का वडा सदस्य रोशन बुढाथोकी र संस्थाको महासचिव आशिष् शाहका बुबा राजेन कुमार शाहको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उक्त विद्यालयका पुर्व प्रध्यानाध्यपक याम बहादुर शाह,भोज बहादुर कटुवाल लगायत समाजसेवी बुद्दिजिविहरु साथै अभिभावकहरुको समेत उपस्थितीमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक निर्मल कटुवालको र कार्यक्रमको संञ्चालन राम तामाङले गर्नुभएको थियो ।

न्यू भिजन ग्रुपको पहिलो चरणको कार्यक्रम सम्पन्न भएपश्चात अन्य कार्यक्रमहरु बाकी २ जिल्लाहरुमा पनि शैक्षिक सामाग्री वितरण गर्न लागिएको संस्थाका अध्यक्ष जीवन शर्माले उद्रीत गर्दै दक्षिण कोरियाबाट संचारकर्मी अजय शाहले जानकारी दिनुभयो ।

Leave a Response