अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाको स्वमूल्यांकन नतिजा : १०० मा ८१.२५ अंक

माईजोगमाई गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक गरेको छ । जसअनुसार ८१.२५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८१.२५% अंक पाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार स्वमूल्यांकन गर्दा १० वटा विषय/क्षेत्रहरुको अंकभार जोड्द १०० मा ८१.२५% पाएको जनाएको छ ।

मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गराउँदै आएको छ ।

स्वमूल्यांकन कार्यविधि, २०७७( पहिलो संशोधन २०७८) ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका लागि विभिन्न विषय क्षेत्रहरु निर्धारण गरेको छ । माईजोगमाई गाउँपालिकाले पनि उक्त कार्यविधि अनुसार आव २०७८/०७९ मा सम्पादन गरेका कार्यहरुको नतिजा मंगलबार प्रकाशन गरेको हो ।

माईजोगमाई गाउँपालिकालाई स्वमूल्यांकनमा सबैभन्दा धेरै अंक शासकीय प्रबन्धमा ९ मा ९ अंक नै दिएको छ । त्यस्तै न्यायिक कार्य सम्पादनमा ७ मा ७ अंक नै दिएको छ । त्यास्तै बित्तिय एवम् आर्थिक ब्यवस्थापनमा ११ मा ११ अंक दिएको छ ।

यस्तो छ स्वमूल्यांकन नतिजाः

Leave a Response