पर्यटनमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

जलकन्या माता मन्दिरको प्रवेशद्वार उद्घाटन

माईजोगमाई गाउपालिका वडा नं १ लप्सिबोटेमा जनजागरण युवा समाजले रू ९६ हजार लागतमा निर्माण गरेर मन्दिरको प्रवेशद्वार जलकन्या माता मन्दिरलाई हस्ताणतरण गरेको छ ।

उद्घाटण कार्यक्रम माईजोगमाई गउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा मन्दिरका संरक्षक तारा बहादुर निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।
माईजोगमाई गाउपालिका वडा नं १ को वडाध्यक्ष याम कुमार कार्की वडासदस्य भक्त लिम्बू साङ्गछोलिङ गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष पेम्वा लामा नेपाल बिधुत प्राधिकरण ईलाम बितरण केन्द्र माईजोगमाई प्युज सेवाका प्रमुख खेम कार्की समाजसेवी डम्बर कार्की मोहन लम्साल लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

मन्दिरमा गत समयमा तारा बहादुर निरौलाले गणेश जि को मूर्ति मन्दिरलाई हस्ताणतरण गरिएको छ भने मन्दिरमा विभिन्न प्रकारका आकृति ख्याम निरौलाले निर्माण गरेका छन् ।कार्यक्रमको आयोजना ख्याम गुरूको आयुर्वेद उपचार केन्दको आयोजनामा भएको थियो भने कार्यक्रममा स्थानिय कलाकारको साथमा बृहत् सास्कृतिक कार्यक्रम समेत भएको थियो ।

 

 

Leave a Response