माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

मानवअधिकार मञ्च नेपाल इलामको प्रेस मिट उत्तरे पोखरीमा

सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनकोलागी सुरक्षित आप्रवासन र स्व – उद्यमशिलता भन्ने मुल नाराका साथ युवा सशक्तीकरण समूहहरुको क्षमता विकास र परिचालनमार्फत मानव बेचबिखन विरुद्ध क्षमता विकास , अभिवृद्धि तथा वैदेशिक रोजगारी न्यूनीकरण गर्ने अभियान सम्बन्धी पत्रकारहरुसग अन्तरक्रिया कार्यक्रम इलामको माइजोगमाई गाउपालिकामाको उत्तरे पोखरिमा सप्पन्न भएको छ ।

मानवअधिकार मन्च नेपाल इलामको आयोजना स्थानिय पालिकाहरुको सहकार्य तथा AWO इन्टरनेसनल जर्मन सरकारको पूर्ण सहयोगमा कार्यक्रम संचालन भएको हो । सन २०१९ बाट यो परियोजनामा काम सुरु भएको थियो, उक्त कार्यक्रम इलामको माई नगरपालिका, रोङ गाउपालिका ,चुलाचुली गाउपालिका र माईजोगमाई गाउपालिका भित्र रहेर काम गरिरहेको मानवअधिकार मन्च नेपाल इलामका सन्तोष मगरले बताए ।यो परियोजना अन्तर्गत सिपमुलक तथा उद्यमशील तालिम लिएका व्यक्तिहरुलाई प्रती व्यक्ती १४ हजार बराबरको पुर्ण अनुदानमा व्यबसाय सुरु गर्न आवश्यक साम्राग्री हस्तान्तरण गरेको जनाएको छ ।

परियोजनामा विशेष युवालाई लक्षित गरिएको मानवअधिकार मन्च इलामका मगरले बताए । उद्यमसिलता सीप र पुर्नताजकी कार्यक्रम गरि ३ चरणमा काम गरिरहेको छ । कार्यक्रमहरु रेडियो कार्यक्रम , व्यानर प्रदर्शन तथा पत्रकारसग अन्तरक्रिया गरेर ३ क्षेत्रमा बाडेर संचाल्न गरिदै आएको जानकारी दिए । माईजोगमाईको हकमा भने 2021 को अन्त्य देखि कार्यक्रम सुरु भएको हो ।

आर्थिक रुपमा बिपन्न वैदेशिक रोजगारिबाट फर्किएर यहि क्षेत्रमा केही गर्न खोज्ने लगनसिल व्यक्तिहरुलाई छनौट गरेर काम गरेको बताए । व्यक्तिगत तथा सहकारी सस्थाबाट सहभागी भएको समेत जानकारी दिए। माईजोगमाई गाउपालिकाको ६ वटा वहाहरुमा उद्यमसिलताको तालिम जम्मा २३३ जनाले लिएका छन भने सिपमुलक तालिम १६५ जना सहभागिहरु उपस्थित भएर तालिम लिएको बताए । माईजोगमाई गाउपालिका भित्र यो कार्यक्रमका लागि तालिम तथा व्यबसाय संचालनमा सहयोग गर्न करिब ४० लाख मूल्य बराबरको खर्च लागेको बताए । स्थानीय क्षेत्रमा काम गर्न स्थानिय सरकार सग सम्वन्वय गरेर जाने लिम्बुले बताए ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले अझ यसलाई बढाएर ठूलो क्षेत्र बनाएर लैजान सुझाव दिए । कार्यक्रमको आतिथ्यता पत्रकार महासंघ इलामका सचिव भिम चापागाईं पत्रकार भगिरथ भण्डारी , प्रेम भण्डारी , पदम भट्टराई , रोशन काफ्ले, बिनु खडका, डम्बर निरौला र कुमार थापालगायतको उपस्थिती रहेको थियो भने मानवअधिकार मन्च नेपाल इलामका सन्तोष मगर र सुरेस पोर्तेलको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

Leave a Response