पर्यटनराष्ट्रियसमाचार

पाथीभरामा भन्डरा

गणेश अर्याल / इलाम

इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट  भण्डरा हुने भएको छ । दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १५ औ पटकको भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष असोज १५ गते शनिबार मन्दिर परिसरमा आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनु भयो । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ७ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण गत बर्ष भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताए । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

सात बर्षको अवधिमा १४ पटक सञ्चालन भइसकेको र यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनु भएको छ । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।

कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा क्षेत्र बिकास कोष का सचिब दिलिप राईले बताउनु भयो । मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवस्कयता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब राईले बताउनु भएको छ ।

Leave a Response