गणेश अर्याल/ इलाम
इलामको रोङ गाउपालिकामा उद्योग बाणिज्य संघ को स्थापना भई सस्था दर्ता गरी कार्यालय स्थापा गरेको छ ।
हालै एक कार्यक्रम गरी सस्थाको कार्यालय स्थापना गरेको हो । रोङ गाउपालिका ३ स्थीत गाउपालिका नजिकै कोठा भाडामा लिएर कार्यलय स्थापना गरेको तदर्थ समितिका सचिब डाइमण्ड तिम्सिनाले बताउनु भयो ।
यसैबिच रोङ गाउपालिकाका अध्यक्ष मणिकुमार स्याङबो तामाङले गाउपालिकाको बिकासको लागि सरकारी क्षेत्र भन्दा नीजि क्षेत्र सक्रिय हुुनु पर्ने बताउनु भएको छ । शुक्रबार आयोजित कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष तामाङले आफू पनि उद्योगी ब्यापारी भएको बताउदै ६०३४३८१९२ नम्बरमा भ्याटमा दर्ता गरेर आफूले ब्यवसाय गर्दै आएको सुनाउनु भयो । उहाले समाजमा ब्यपारी हरु प्रति हेरिने दृष्टिकोण कमजोर भएको बताउनु भयो ।
रोङमा स्थापना भएको उद्योग बाणिज्य संघले यो दृष्टिकोणमा सुधार ल्याउन अध्यक्ष तामाङले सुझाब दिनु भएको छ । कार्यक्रममा एमाले रोङका अध्यक्ष खड्ग आले मगर नेपाली काग्रेसका देबी प्रसाद अर्याल राप्रपाका मेघनाथ आचार्य, पाथीभरा साना पर्यटन ब्यवसायी समुहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
उद्योगी ब्यपारी सुरक्षा कर्मी जनप्रतिनिधि सञ्चार कर्मी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रम संघका अध्यक्ष नगेन्द्र राइको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अघि नगेन्द्र राईको अध्यक्षतामा बनेको तथर्द समितिले बिधान बनाउने, सस्था दर्ता गर्ने पान नम्बर दिने लगायतको काम गरेको बताइएको छ । समितिको उपाध्यक्षमा अर्जुन ढकाल, सचिब डायमन्ड तिम्सिना, कोषाध्यक्ष सिता न्यौपाने, रहुन भएको छ । त्यसैगरी सदस्यहरुमा कृष्ण श्रेष्ठ, मादब निरौला, द्रोण आचार्य, चिन्तामणि बराल, नन्द कुमार गुरुङ मेनुका भुजेल राई, भोला नाथ वाइबा शुष्मा ढकाल शर्मा र केदारनाथ अधिकारी रहनु भएको छ । त्यसैगरी रणबहादुर गुरुङ सल्लाहकार प्रमुखको रुपमा रहनु भएको छ ।
रोङको सबै वडामा सदस्यता बिस्तार गरेर संघलाई दरिलो बनाउने अध्यक्ष नगेन्द्र राईले बताउनु भएको छ । गाउपालिकाको राजस्व बृध्दि हुनमा उद्योग बाणिज्य संघले भुमिका खेल्ने अध्यक्ष राइले बताउनु भएको छ ।