राष्ट्रियसमाचार

सूर्योदय नगरपालिकालाई आगामी भाद्र २९ गते बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गरिने

इलामको सूर्योदय नगरपालिका वाड न २ र ३ बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा भएको छ ।
बौद्धधाम माध्यामिक बिद्यालयको सभाहलमा समाजिक विकास समितिका सयोंजक तथा वडा न २ का वडाअध्यक्ष डिक बम्जनको अध्यक्षता तथा सूर्योदयनगरपालिकाका  उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता एबं प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा  बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणाको लागि आवश्यक बालमैत्री स्थानीय निदेर्शीका २०७८को ५१ र सूर्योदयनगरपालिकाको थप ३ वटा गरी जम्मा ५४ वटा सुचकहरु न्यूनतमा ८० प्रतिशत  पुरागरे सगै सो घोषणा भएको  छ ।
बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गर्न योगदान पुराउने वडा न २ का स्वयंसेवीका इन्द्रकला पाण्डे  र श्री नर्बदा कल्याण बोडिङ स्कुल मेहेलबोटका प्रधानाध्यापक सफल राईलाई कार्यक्रमका अध्यक्ष बम्जनले सम्मान पत्रद्धारा  सम्मान गर्नुभएको छ ।
राईजिङ बाल सञ्जाल  वडा न २ र लिटिल स्टार बाल सञ्जाल वडा न ३ लाई प्रशम्सा पञ प्रदान गरिएको छ ।
एस इ इ परिक्षा २०७८ मा इलाम जिल्लामै उत्कृष्ट नतिजा ३।७५ जिपिए ल्याउन सफल श्री नर्बदा कल्याण बोडिङ स्कुल मेहेलबोटका प्रज्वल बराललाई वडा न ३ ले  सम्मानपत्र दोसल्लाको साथमा सम्मान गरेको छ भने वडा न ३ का वडा अध्यक्ष लोक बहादुर प्रधानले आफनो ब्यत्तिगत रुपमा ५ हजार १ सय रुपैया प्रोत्साहनका लागि प्रदान गर्नु भएको छ ।
 कार्यक्रममा वडा न ३ का वडाअध्यक्ष प्रधानले स्वागत मन्तब्य महिला तथा बालबालिका शाखा प्रमुख तारा शेर्पाले कार्यक्रमको औचित्य  , सुचकहरु र समग्र नगरको बालबालिकाको बारेमा जातनकारी गराउनु भएको थियो ।
कार्यक्रममा राप्रपाका प्रतिनिधी सैजन शेर्पा एकिकृत समाजबादी पार्टीका नगर अध्यक्ष कमल गदाल , कार्यपालिका सदस्य साबित्रा सिवा , प्रमुख प्रशासकिय अधिकृत भटटराई बौद्धधाम माविका प्रधानाध्यापक किरन मोक्तान वडा न २ का पुर्व अध्यक्ष चन्द्र सुब्बा नगरबाल सञ्जालका उपध्यक्ष निरज राई लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रमुख अतिथी नगर उपप्रमुख बरालले बालमैत्री वडा घोषणा हुदै गर्दा बालअधिकार स्थापनामा सहयोग हुने भएकोले यो निक्कै ठुलो उपलब्धी हासिल गरेको र यसमा मेहनतका साथ खटने वडा न २ र ३ , महिला बालबालिका शाखा , बाल क्लव , कर्मचारी , सरोकारवालालाई धन्यवाद दिनु भयो ।,
सबिंधानले प्रद्धत्त गरेको अधिकारलाई प्रयोग गर्दै नगरले स्थानिय बालमैत्री वडाका रुपमा वडाहरुलाई घोषणा गर्दे आगामी भाद्र २९ गते सिगों नगरपालिकालाई नै बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुत्त नगर घोषणा गर्ने बताउनु भएको छ ।
हाल सम्म नगरभित्र वडा न २ र ३ सगैँ वडा न  ६ ,७ ,८ ,९ र १० बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुत्त वडा घोषणा भईसकेको महिला बालबालिका शाखा प्रमख तारा शेर्पाले जानकारी दिनु भयो ।
भोलि बिहिबार वडा न ४ र ५ लाई श्री अन्तु सुचना केन्द्रमा , वडा न ११ र १२ लाई १७ गते शुक्रत्रबार कर्फोक बिद्यामन्दीरमा र  वडा न १३ र १४ लाई उत्तरे खेलमैदनमा १९ गते बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुत्त वडा घोषणा गर्ने कार्यक्रम रहेको महिला बालबालिका शाखाकी एकमाया बोहरालाई उदृत गर्दै जय राईले जनाकारी दिनु भएको छ ।(रेडियो फिक्कल)

Leave a Response