नेकपा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार उदयराईलाई स्थानियले नियन्त्रणमा लिएका छन् । सन्दकपुर गाउँपालिका ५ को जमुनामा राती पुगेका उनलाई आर्थिक चलखेल गर्ने संकेत देखिएपछि नियन्त्रणमा लिएको स्थानियले बताएका छन् ।
अध्यक्षका उम्मेद्धार राई सहित वडा सदस्य सिता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।
स्थानियले होहल्ला सहित राईलाई खेदाउन खोजेपछि उनको सुरक्षाका लागि ससस्त्र प्रहरीले सुरक्षाका लागि नियन्त्रणमा राखेको छ । ससस्त्र प्रहरी बल इलामका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने भएपछि सुरक्षाका लागि राखेको बताए ।
स्थानियहरुले भने मौन अवधीमा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार राई पैसा लगायतका प्रलोभवमा पार्न लागेको भन्दै बिरोध गरेका छन् । आचार संहिताको उल्ंघन गरेको भन्दै उनलाई कारबाही गर्न समेत स्थानियले माग गरेका छन् ।
निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका राई मौन अवधीका रातारात गाउँ पसेपछि उनको केहीबेर अघि देखी नै मतदाताहरुले खोजी गर्दै आएको बुझीएको छ । ( शुत्रधार अनलाईनबाट)