राजनितिराष्ट्रियसमाचार

रोङमा निर्वाचनको लागि तयारी पूरा , मतगणना शनिबारबाट हुने

गणेश अर्याल / इलाम

इलामको रोङ गाउपालिकामा शुक्रबारको मतदानको मतगणना पर्सी सनिबार देखि मात्रै सुरु हुने भएको छ ।
बिहिबार बसेको सर्बदलीय बैठकले मतगणना शनिबार बिहान ७ बजे बाट सूरु गर्ने निर्णय गरेको हो । बिहिबार रोङ गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको सर्बदलीय बैठकले मत गणना वडा नम्बर १ बाट क्रमश वडा नम्बर ६ सम्म गर्ने पनि निर्णय गरेको निर्बाचन अधिकृत उषा श्रेष्ठले बताइन् । ‘मतगणनाका लागि दलले प्रतिनिधि छनौट गर्दा लेखपढ गर्न सक्ने मतगणनाको बातावरण सहज बनाउन भुमिका खेल्न सक्ने प्रतिनिध छनौट गरि पठाउनु पर्ने निर्णय भएको छ, अधिकृत श्रेष्ठले भनिन्, ‘मतगणनाको फारामको एक पाना भरिएपछि माइक मार्फत मत परिणाम सार्बजनिक गरिने छ । सर्बदलीय बैठकको निर्णय अनुसार मतगणना स्थलमा खटिएका कर्मचारी सूरक्षा कर्मी दलका प्रतिनिधि आयोगका कर्मचारी बाहेक अरुलाइ प्रबेश दिइने छैन ।

सर्बदलीय बैठकमा नेकपा एमाले रोङका अध्यक्ष खड्ग बहादुर आले नेपाली काग्रेसका सभापति हरीबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका भक्तबहादुर खवास, जनता समाजबादीका केशब राज लुइटेल, नेकपा एकीकृत समाजबादीका मदन तामाङ राप्रपाका राजेन्द्र आचार्य मगोल नेशनल अर्गनाइजेसनका बुलबहादुर गुरुङ, स्वतन्त्र उम्मेद्वार मुढाको प्रतिनिधि बिमला तामाङ स्वतन्त्र उम्मेद्वार खरायोको उम्मेद्वार डम्बर बहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

मतगणना स्थल मा तारजाली र सिसी क्यामरा

मतगणना गर्नको लागि बनाइएको स्थानमा तारजालीले घेरा गरिएको छ । मतगणना कर्मचारी मात्र मतगणना स्थान भित्र बस्न सक्ने गरीको ब्यवस्था मिलाईएको छ । दलका प्रनिनिधिहरु फलामको जाली बाहिर बसेर मतगणना नियाल्न मात्र सक्ने छन् तर छुन सक्ने छैनन् । मतगणना स्थलमा रोङ गाउपालिकाले सिसी क्यामेरा जडान गरेको छ । एक पटकमा तीन स्थानमा मतगणना गर्न सकिने गरी ब्यवस्था मिलाइएको निर्बाचन अधिकृतको कार्यालय रोङले जनाएको छ ।

मतदानको लागि बिहिबार बेलुका सम्ममा सबै तयारी पुरा भइसकेको छ । गाउपालिकामा कुल मतदाता सख्या १५ हजार ३३ रहेको छ । जसमा ७ हजार ८ सय ८४ जना पुरुष र ७ हजार १ सय ४९ (उनन्चास) जना महिला मतदाता रहेको निर्बाचन अधिकृतको कार्यालय रोङले जनाएको छ । रोङमा १५ स्थानमा गरी २२ वटा मतदान केन्द्र रहेका छन् ।

Leave a Response