
ईलामको माईजोगमाई गाउँपालिकाको १७ औ गाउँसभा तथा हिउदे अधिवेशन माईजोगमाई गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनमा गाउँपालिकाले २ करोड ११ लाख ४० हजार बजेट समेत बिभिन्न शिर्षकमा विनियोजन गरेको छ ।
अधिवेशनको अवसरमा माईजोगमाईका बिभिन्न तहका कर्मचारीहरुलाई तह बृद्दि पश्चात सम्मान समेत गरिएको छ ।
माईजोगमाई गाउँपालिकामा लामो समयसम्म कार्यरत रहि अवकास प्राप्त गर्नुभएका कर्मचारी श्री केशर बहादुर खातीलाई बिदाई समेत गरिएको छ ।
माईजोगमाई गाउँपालिका वडा नं ५ सोयाङ साबिकको सोयाङ गाबिसमा कार्यरत रहनुभएका केशर बहादुर खाति २०५२ सालदेखी २०५९ जेठसम्म अस्थायी र २०५९ जेठ १ गतेदेखी स्थायी रुपमा सोयाङमा कार्यरत रहनुभएको थियो ।
माईजोगमाई गाउँपालिकाको ६ वटा वडाहरुलाई ५ लाखको दरले ३० लाख बजेट बिनियोजित भएको छ ।
१७ औ गाउँसभाका लागि वडा गत, विषयगत शाखा, अन्य विविध कार्यक्रम तथा विभिन्न कोष तर्फ बजेटको व्यवस्था गरेको छ ।