
माईजोगमाई गाउँपालिकाको नामसालिङमा रहेको श्री त्रीवेणी कृषि बहुउदेश्यीय सहकारी संस्था ली. को १९ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधरण सभा संस्थाका अध्यक्ष पारसमणि घिमिरेको अध्यक्षता तथा नामसालिङ गा.वि.सका पूर्व अध्यक्ष याम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा साथै संस्थाको गणपुरक सेयर सदस्यहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ ।
साधारण सभाले विभिन्न २५ वटा महत्वपूर्ण विषयमा छलफल तथा संशोधन सहित निर्णय गरेको छ । साथै संस्थाको साधरण सभाको अवसरमा संस्थापक जेष्ठ सदस्यहरु ६ जना, नियमित उत्कृष्ट बचतकर्ता तर्फ ३ जना र नियमित उत्कृष्ट ऋणी शेयर सदस्य तर्फ ३ जना गरि १२ जना सदस्यहरुलाइ खादा, फुलमाला, नगद तथा प्रमाणपत्र सहित सम्मान समेत गररिएको थियो । सम्मानित हुनेमा :
संस्था स्थापना कालका ज्येष्ट शेयर सदस्यहरु
१. ओम प्रसाद संजेल माईजोगमाई -४
२. गणेश प्रसाद ढकाल माईजोगमाई -३
३. फडिन्द्र कुमार शर्मा निरौला माईजोगमाई -३
४. नर बहादुर राई माईजोगमाई -४
५. टंक कुमारी घिमिरे माईजोगमाई -३
६. भिम कुमारी घिमिरे माईजोगमाई -३
उत्कृष्ठ । नियमित बचतकर्ता तर्फ
१. भिम प्रसाद ढकाल माईजोगमाई -३
२. शान्ता देवी तिम्सीना माईजोगमाई -३
३. रविन निरौला माईजोगमाई -३
उत्कृष्ट । नियमित ऋणी सदस्य तर्फ
१. लक्ष्मण दर्जी माईजोगमाई -३
२. गायत्री प्रसाद काफ्ले माईजोगमाई -३
३. डेग कुमारी घिमिरे माईजोगमाई -३