
ईलामकाे राेङ गाउपालिकाले स्थापना कालदेखी नै सुरुवात गरेकाे माैरीपालान ब्यवसाय क्रमिक रुपमा बिस्तार हुदा किसानमा उत्साह बढेकाे छ । चुरे र भावर अनि समसिताेष्ण हावापानी रहेकाे क्षेत्रमा पर्यावरण सरक्षण र भुक्षयकाे सरक्षण हुने बिश्वासकाे साथ थालिईकाे माैरीपालन अहिले आएर गाउँपालिका भरीनै माैरीमय बनेकाे छ भने याे बर्ष वीसहजार बढि किलाे मह उत्पादन भएकाे छ ।
गाउँपालिकाकाे वडा न ६ जिर्मलेमा २०२८ सालतिर नै आधुनिक घार भित्रिएकाे भएपनि अधिकाशं किसानहरुले साेखले मुढेघारमा माैरी पालन गर्दै आएकाेमा गाउपालिकाले २०७४ सालमा माैपालनलाई ब्यवसायिक रुपमा बिस्तार गर्न वडा न ४ काे किटेनीमा माैरी रिसर्च सेन्टर स्थापना गरेर किसानहरुफलाई आवश्यक उपयाेगिता ,तालिम ,उपकरण प्रदान गर्दै वाताबरण सरक्षण र आर्थिक उन्नतीमा सहयाेगी बनेकाेले यसलाई निरन्तर रुपमा बिस्तार गरिदै आएकाे राेङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।
गाउपालिकामा बिस्तार हुदै आएकाे माैरी पालन ब्यवसायमा अहिले सम्म घार निर्माण र रानुमाैरी बिकाशकाेलागि १८ जना अगुवा किसानले एडभान्स र अन्य चारसय असी जना किसानहरुले आधारभुत तालिम पाएर ब्यवसायिक रुपमा माैरी पालनमा सलग्न रहेका छन् भने हासम्म पचतहर प्रतिसत अनुदानमा किसानहरुकाे घरमा दुईहजार आधुनिक घार रहेकाे र यस बर्ष पालिकाभरि पाचसय पचास घार थपिन लागेकाे र एक किसानले तिनसय किलाे मह उत्पादन गरेकाे राेङ कृषिशाखा प्रमुख तिर्थ राज देवकाेटाले बताए ।
राेङमा एकै किसानले १ सय पचास आधुनिक घार माैरी राखेका याे बर्ष कार्यप्रगतिकाे आधारमा यस बर्ष चाैबिस घार अनुदानमा पाउने भएका छन् यसाे त यहा मुढे धार पनि बिस्तापित भएकाे देखिदैन वडा न ६ काे भिमबहादुर तामाङले पैसठी घार मुढेघार नै राखेर ब्यवसायिक रुपमा माैरी पालन गरिरहेकाे राेङ कृषिशाखाकाे प्राबिधिक माेहन अधिकारीले बताए । गाउपालिकाले याेजना बिस्तार गर्न माैरी रिसर्च सेन्टर सगै वडा स्तरदेखी पालिका स्तरसम्म माैरी पालन सजाल गठन गरेर घार समेत निर्माण गर्ने गराउने गरेकाे छ ।
वडा न ६ का कुमार माेक्तानले कुमार बि वर्कसप खाेलेर ब्यवसाय प्रवर्धन गरेका छन् उनि ईलाम लगायत बिभिन्न जिल्लामा तालिम दिन दक्ष प्रशिक्षक र घार माैरी निर्यातकर्ता हुन । यसैगरि सृजना सामुदायिक वनका सदस्यहरु लाल बहादुर तामाङ,चन्द्र बहादुर राई र नरवहादुर चाैहानले समेत ब्यवसायिक रुपमा घार गाेला उत्पादन र बिक्रि बितरण गर्ने गरेकाे राेङ कृषि शाखाका प्राबिधिक राम राईले बताए ।
गत बर्ष एघार हजार किलाे मह उत्पादन भएकाे राेङमा यस बर्ष बिसहजार किलाे भएपनि गाउपालिका पनि किसानकाे लगावदेखी उत्साहित भएकाे छ ।बजारकाे कुनै समस्या छैन किसानहरुले आफुकहाँ उत्पादित मह अहिलेसम्म आफ्नै तरिकाले आफ्नै मुल्यमा बेचिरहेका छन् ।राेङ गाउपालिकाले भने प्रसाेधित मह प्रतिकेजी एकहजार आठसय मुल्य निर्धारण गरेकाे छ । गाउपालिकाले महलाई ब्राण्डीङ गरेर “राेङ मह” बजारमा ल्याएकाे भएपनि किसान आवयक परेमा महबैक स्थापना गर्ने साेच राखेकाे भएपनि हालसम्म बजारीकरणमा समस्या नरहेकाे कृषि शाखाले बताएकाे छ ।