
पत्रकारहरुको साझा संगठनका रुपमा रहेको प्रेस चौतारी इलाम शाखा प्रदेशमा पुरस्कृत भएको छ । प्रेस चौतारी कोशी प्रदेश कमिटीले इलाम शाखालाई पुरस्कृत गरेको हो ।
चौतारी कोशी प्रदेश कमिटी अध्यक्ष अविजाल विष्टको अध्यक्षता र कोशी प्रदेशका मन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रममा शाखा अध्यक्ष भीम चापागाईंलाई सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा चौतारीको प्रदेश कमिटीका पदाधिकारी, इलाम इन्चार्ज विमलकुमार दाहाल, इलाम शाखाका सचिव मनोज अधिकारी, कोषाध्यक्ष भगीरथ भण्डारी, सदस्य बलराम बराइलीलगायतको उपस्थिति थियो ।
चौतारी इलामले जिल्लामा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
add a comment