
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज कार्तिक १६ गते बिहीबार बिहान एफपीओ बाँडफाँड गरिएको हो ।
लघुवित्तको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।
कुल परेको आवेदनमध्ये १३ लाख २० हजार २०३ आवेदकबाट माग भएको १ करोड ४८ लाख ३१ हजार २८० कित्ता सदर भएको छ भने १ हजार ३३३ आवेदकबाट परेको १६ हजार ७८० कित्ता बदर भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १/१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् । आवेदकमध्ये १३ लाख ७ हजार ८२२ जनाको हात खाली भएको छ।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको हो। एफपीओको अन्तिम नतिजा केहीबेरमा हेर्न सकिनेछ।
एफपीओको नतिजा हेर्नका लागि
१. बिक्री प्रबन्धकको वेबसाइट : https://nsbl.statebank/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/