समाचार

कारोबार सुरू भएको दोस्रो दिन पनि सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट

सोनापुर मिनरल्स एण्ड आयलको सेयरमा दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ।

आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आएको हो। आइतबार ३५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य सोही दिन १० प्रतिशत घटेर ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सोमबार पनि कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। सोमबार बजार खुलेसँगै घटेको कम्पनीको सेयरमूल्य अहिले १० प्रतिशतले नै घटेको छ।

आज कम्पनीको सेयर ३१ रुपैयाँ ५० पैसाले घटेर २८३ रुपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, कम्पनीको सेयरमा बिक्रीचाप बढी रहेको छ भने खरिदचाप शून्य रहेको छ। हालसम्म कम्पनीको ४ लाख ६७ हजार ३९६ कित्ता सेयर बिक्री अर्डर छ भने खरिद अर्डर शून्य रहेको छ।

Leave a Response