राष्ट्रियसमाचार

ईलाममा चाडपर्व लक्षित सूरक्षा योजना

इलाममा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । आज इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको अध्यक्षतामा बसेको बैठकले दशैँतिहारलाई लक्षित गरेर सुरक्षा योजना अघि बढाएको हो ।

दशैं तिहार र छठ पर्वमा शान्ति सूरक्षा कायम गर्न एकिकृत चाडपर्व सूरक्षा योजना २०८० कार्यन्वयनमा आउने भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए ।

जिल्ला सुरक्षा समिति इलामको बैठकले चाडपर्वमा हुन सक्ने क्षतिलाई न्युनिकरण गर्नको लागी सूरक्षा योजना कार्यन्वयनमा ल्याएको बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीका जम्मा ८२५ जनशक्ति परिचालन गरिने जनाइएको छ ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपिको कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने जनाइएको छ ।

तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्विक रेस्पोन्स टिम तैनाथ राखिने जनाइएका छ । मोबाईल गस्ति ५ वटा र ४३ वटा पैदल गस्ति रहने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । राजमार्ग र सिमा नाकाहरुमा १५ वटा भन्दा बढि चेक प्वाइन्ट संचालनमा ल्याइने छ ।

राजमार्गमा ३ वटा स्कर्टिङ टोलि परिचालन हुने छ भने सुरक्षा संवेदनशिल १६ स्थानमा कडा सुरक्षा ब्यवस्था मिलाइने जनाइएको छ ।

Leave a Response