
इलामको माईजोगमाई गाउपालिकाको शुभकन्या इङ्गलिस स्कुलमा अन्तर सदनात्मक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
शुभकन्या इङ्गलिस स्कुलले कक्षा ६ देखि १० सम्मको प्रतियोगिता सम्पन्न गरेको हो । बाल अधिकार चेतना समुहको आयोजनामा विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयमा प्रतियोगितामा चार वटा सदनका १२ जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगितामा सुम्निमा राई प्रथम, साङलामु शेर्पा दोस्रो र आकृति काफ्ले तेस्रो भएको बाल अधिकार संरक्षक शिक्षक नारद चापागाईले बताए । बाल अधिकार चेतना समुहका अध्यक्ष विश्व राईको अध्यक्षता, प्रधानाध्यापक नुरी शेर्पाको प्रमुख अतिथ्यतामा सम्पन्न प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीको क्षमतालाई चौतर्फी विकास गर्ने उदेश्यले विद्यालयले विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बताइएको छ ।
add a comment