समाचार

नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपशाखाद्वारा आगलागी पिढितलाई राहत वितरण

आगलागी बाट घर गुमाएका इलाम रोङ १ को एक परिवारलाइ नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाले राहत सामाग्री हस्तान्तरण गरेको छ । आइतबार दिउसो अचानक आगलागी हुदा रोङ रोङ गाउपालिका वडा नम्बर १ स्थीत एकराते गाउका बिष्णुमाया राईको घर जलेर नष्ट भएको थियो । पिढीत राईको आगलागी भएको स्थानमा नै पुगेर रेडक्रस सोसाइटी हासपोखरी उपसाखाका कोषाध्यक्ष श्याम कार्की, सदस्य चन्द्र लगान्द्री रोङ १ का पूर्व वडा सदस्य उपेन्द्र न्यौपाने लगायतको उपस्थितिमा राहत हस्तान्तरण गरिएको हासपोखरी उपसाखाका सचिब गणेश अर्यालले बताउनु भयो । आगलागी बाट राईको करिब ५ लाख बराबरको क्षति भएको थियो ।

Leave a Response