
ज्ञानु भट्टराई / झापा
झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर १ पुलचाेकको एक घरमा आगाेलागी भएकाे छ ।
गए राति ७ बजेकाे समयमा नारायण कणरीयकाे हार्डवेयर पसल रहेकाे तिनतले (पक्की) घरकाे दाेस्राे तलाकाे ६ काेठा र माथिल्लो तलाकाे ३काेठामा बिद्धुत सर्ट भई आगाेलागी भएकाे हाे ।
आगाेलागी बाट स्टाेरमा रहेकाे सिमेन्ट प्लाई पानी जडानको पाईप ,कलर फिट्ने मेसिन,टायल,फरनिचर लगायत स्टाेरमा राखिएका अन्य समान जलेर नष्ट हुँदा लाखाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।
खबर पाउनासाथ मेचिनगर बिर्तामोड भद्रपुर दमक बाट आएका दमकल , प्रहरी र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा लीईएकाे थियाे । दाेस्राे तलाबाट आगाेलागी सुरु भएकाे कारण आगाे नियन्त्रणमा कठिनाई आएकाे थियाे । सगै जोडिएको घरमा भने सान्य क्षति पुगेको छ
घटनामा कुनै मानविय क्षति भने नभएकाे साथै रातिको समय भएकाले तीन तला घरमा राखिएको सामान पुरै जलेर क्षति भएकाले आगाेलागी बाट कति क्षती भयाे भन्ने यकिन बिबरण आउन बाँकी रहेकाे ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएकाे छ ।