
गोबिन्द पौडेल /रोङ
इलामको जिर्मलेमा बाघको आतङ्क बढेको छ । किसानले पालेको गोरु र बाख्राहरु दिनहु खान थालेपछि किसानहरु त्रसिद बनेका छन् ।
बिगत एक सातादेखि नियमित रुपमा गाउ पस्ने गरेको बाघले रोङ ६ का खड्ग बहादुर राई,लालबिर राई र बिक्रम राईको तिनवटा गोरु बाधेकै ठाउमा मारेर खाएको र सोहि गाउको शरण राईको दुईवटा बाख्रा खोरमा नै खाईदिएको स्थानिय गणेश राईले बताए ।
यसरी बाघको आतक बढेपछि गाउँमा मानिसहरुलाई घाँस दाउरा गर्नमा र रातसाझ हिड्नमा पनि असहज भएको छ ।
add a comment