
मिलन राई / रोङ इलाम
विद्यालय तहको सामाजिक अध्ययन विषयमा निर्वाचन तथा चुनावी प्रक्रिया सम्बन्धी विषयवस्तु पठनपाठन गर्नुपर्ने पाठ्यक्रममा समावेश छ । विद्यालयमा विभिन्न क्लब र विद्यालय सञ्चालनमा विद्यार्थीको भूमिका उल्लेख्य रहन्छ ।
यस्तै विषयवस्तुको अभ्यास तथा विद्यार्थीलाई आफ्नो जिम्मेवारी शान्ति निकेतन माध्यमिक विद्यालयमा चुनावी प्रक्रियाबाट दिइएको छ । शुक्रबार विद्यालयमा सम्पन्न निर्वाचनमा विद्यालयको क्याप्टेन, सहायक क्याप्टेन, बाल क्लब अध्यक्ष,उपाध्यक्ष, सचिव,कोषाध्यक्ष, रेडक्रस अध्यक्ष, कोषाध्यक्ष तथा टिन्स क्लब अध्यक्ष,र कोषाध्यक्षको जिम्मेवारी विद्यार्थीलाई प्रदान गरिएको छ ।

विद्यालयको क्याप्टेनमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी श्रद्धा गुरुङले १३० मत प्राप्त गरी विजेता भएकी छिन् उनले प्रतिस्पर्धी कक्षा ११ को सुरेश निरौलालाई हराएर विद्यालय क्याप्टेन बनेकी हुन् । त्यसैगरी विद्यालय सहायक क्याप्टेनमा कक्षा ११ का आशिष् लाप्चा १३२ मत सहित विजेता भएका छन् । उनले प्रतिस्पर्धी आदेश पोख्रेललाई हराएको हो । त्यस्तै विद्यालयमा सञ्चालन भइआएको बाल क्लबको अध्यक्षमा कक्षा ११ मा अध्ययनरत जोस्ना खड्काले ९० मत प्राप्त गरी विजेता भएकी छिन् ।
उपाध्यक्षमा कक्षा ९ का आविष्कार अधिकारीले १२४ मत प्राप्त गरि विजयी भएका छन् भने सचिवमा कक्षा १२ की ईशा थापाले ८२ मत र कोषाध्यक्षमा कक्षा ९ की अजिता राईले ११२ मत ल्याएर जिम्मेवारी प्राप्त गरेका छन् ।
यस्तै सगरमाथा टिन्स क्लबको अध्यक्षमा कक्षा १०का सागर भुजेल र कोषाध्यक्षमा कक्षा ११ का एडिन गुरुङले क्रमशः १०६ र ९८ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरी रेडक्रसको अध्यक्षमा कक्षा १२ की गिता विश्वकर्मा ९३ मत र कोषाध्यक्षमा कक्षा १२ की अनिता अर्याल ११२ मत प्राप्त गरी विजयी भएकी छिन् ।

नेपाल स्काउट शान्ति निकेतनले आयोजना गरेको निर्वाचनमा निर्वाचनअधिकृत सामाजिक विषय शिक्षक सुमन खतिवडा रहनुभएको थियोे भने मतदान अधिकृत कक्षा१२ का सुदिक्षा लिम्बू र सहायक मतदान आरती बराल र कर्मचारी विद्यार्थीबाट नै व्यवस्था गरिएको थियोे । विजयी सबैलाई निर्वाचन आयोगबाट प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
add a comment