समाचार

आधारभुत पत्रकारीता तथा उद्घोषण सम्बन्धि ७ दिने तालिम शुरु

आधारभुत पत्रकारीता तथा उद्घोषण सम्बन्धि ७ दिने तालिम सूर्योदयनगरपालिका फिक्कलमा शुरु भएको छ । रेडियो फिक्कलको ब्यवस्थापन तथा सूर्योदय नगरपालिकाको सहयोगमा भएको तालिममा नगरका ३० जना भन्दा बढीको सहभागीता रहेको छ । तालिममा रेडियो फिक्कलको सभाहलमा जारी छ । तालिममा पत्रकारीताको वेसिक कुरा पत्रकार आचार सहिंता समाचार लेखन रिपोर्टिङ रेडियो उद्घोषण स्टेज उद्घोषण भाषण कला वाक कला लगाएतको बारेमा सहजीकरण गरिरहेको प्रशिक्षक रेया श्रेया राईले बताउनु भयो । तालिममा प्रशिक्षक राई सहित संचार कर्मी पत्रकार राजकुमार दहाल जय राई लगायतले सहजीकरण गरिरहनु भएको छ । तालिम निक्कै प्रभावकारी भइरहेको र यसले पत्रकारीता र उद्घोषण दुबै कलामा निखार ल्याउन सहयोग मिलेको सहभागी रोशन राईले बताउनु भयो । यस्तै आफ्नो कुरा खुलेर बाहिर ल्याउन भाषण कला वाक कला उद्घोषण लगायत सबैमा सहयोग मिलिरहेको र २ दिनमै निक्कै प्रगति भएको सहभागी शृजना राईले बताउनु भयो । तालिममा सहभागी केहिलाई रेडियोमा अवसर पनि दिने रेडियो फिक्कलको योजना छ । निक्कै उत्साहका साथ तालिममा सहभागीले भाग लिइरहेका छन ।(radiofikkal)

Leave a Response