राष्ट्रिय

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प

माईजोगमाई खवर

ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका पहाडी तथा तराईका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियो।

भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने हालसम्म थप विवरण प्राप्त भएको छैन।

Leave a Response