समाचार

१८ गते मध्यरातदेखि मौन अवधि सुरु हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र त्यसपछि कुनैपनि चुनावी प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारेको छ।

राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार, जुलुस तथा आमसभा फागुन १८ गते रातिसम्म मात्र गर्न पाउनेछन्।

आयोगले आचारसंहिता उल्लंघनमा शून्य सहनशीलता अपनाउने र स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सुनिश्चित गर्न सबै पक्षलाई सहयोगको अपिल गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले फागुन ३ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारको १५ दिने समय सीमा सुरु भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् ।

त्यसपछि ‘मौन अवधि’ सुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल गर्न निषेध गरिएको छ ।

Leave a Response