
माइजोगमाई एक मलुमझुवा ( नयाँबजार प्याङ सडक अन्तरगत तारेभिर देखि केही पर बाटो मास्थिर) (दाछिरि तामाङ) गोले कान्छाको घरमा हिजो बेलुकाको समयमा आगलागी भई एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
उक्त क्षेत्रमा रातहको लागि माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे , उपाध्यक्ष प्रविना राई , वडा नं १ का वडासदस्य भक्त बहादुर चेमजोङ, वडा नं ६ का वडासदस्य मिङ्मा शेर्पा लगायतले पारम्भिक राहत सामाग्रीहरु उक्त परिवारलाई आज बिहानै हस्ताणतरण गर्नुभएको छ भने गाउँपालिकाबाट आवश्यक प्रकृया पुर्याई आर्थिक सहयोग समेत गर्ने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनुभयो ।
आगलागि बाट करिव ३ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय नयाँबजारले जानकारी दिइएको छ । आगलागिको कारण भने खुल्न नसकेको जानकारी रहेको छ ।

add a comment





