
इलामको रोङ गाउपालिकामा कुकुरको बन्ध्याकरण गर्ने सिबिर सञ्चालन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलाम को आयोजनामा सञ्चालन भइरहेको सिबिरमा भाले र पोथी दुबै प्रकारका कुकुरको बन्ध्याकरण भएको रोङ गाउपालिका पशु पक्षी तथा मन्स्य बिकास साखा प्रमुख मिङमा रिन्जी सेर्पाले बताउनु भयो । शनिबार र आइतबार दुइदिन सञ्चालन हुने सिबिरको पहिलो दिन १०० बढी कुुकुरको बन्ध्याकरण भएको छ ।
‘रोङको बिभिन्न क्षेत्रमा सामुदायिक भुसिया कुकुरको संख्या धेरै भएको र कुकुरको टोकाइका प्रकोप पनि हुने गरेकाले कुकुरको संख्या नियन्त्रण गर्न कुकुर बन्ध्याकरण गरिएको हो” पशु पक्षी तथा मत्स्य बिकास साखा प्रमुख सेर्पाले भन्नु भयो,– ‘‘ यही आर्थिक बर्षमा रोङको ४ नम्बर वडामा रेबिज सग मिल्दो जुल्दो लक्षण भएको रोग देखा परेकाले कुकुर बन्ध्याकरण कार्यक्रम आयोजना गरिएको हो । रोङ गाउपालिका वडा नम्बर ४ को पहरीगाउमा पशु पक्षी तथा मत्स्य बिकास साखाको नवनिर्मित भवनमा बन्ध्याकरण कार्यक्रम आयोजना गरिएको हो ।
रोङको ६ वटै वडाका किसानहरुले ल्याएको कुकुरको बन्धयाकरण हुने छ भने बिशेष गरेर ३ र ४ का बिभिन्न चोक चोक सम्म पालिकाले गाडी लगेर कुकुर संकलन गरेको रोङ पशु पक्षी साखाका पशु प्राबिधिक राकेश कुमार राउतले बताउनु भयो ।
जिल्लाका बिभिन्न पालिकाहरु मा रेबिजको जोखिम भए पनि रोङमा निकै जोखिम महशुस भएकाले यो कार्यक्रम रोङमा सञ्चालन गरेको । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलामका प्रमुख नबिन बैद्यले बताउनु भयो ।
बन्ध्यकरण कार्यक्रममा सामुदायिक र नागरिकले पालेका कुकुरहरुको बन्ध्याकरण गरिएको थियो । नागरिकले लिएर आएको कुकुरको कुकुर धनिको स्वीकृतिमा मुचुल्का बनाएर मात्रै बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरण गरिएको सबै कुकुरलाइ रेबिजको खोप पनि लगाइएको बताइएको छ । सिबिरमा इलाम पाचथर र ताप्लेजुङका पशु चिकित्सक तथा प्राबिधिकहरुले सेवा प्रदान गरिरहेका छन् ।





