माईजोगमाई सेरोफेरो

माईजोगमाईमा अपाङ्गता सम्बन्धी अधिकार, सेवा-सुविधा तथा क्षमता विकास तालिम सम्पन्न

माईजोगमाई खवर

अपाङ्गता भनेको के हो ? राज्यले अपाङ्गतालाई कसरी परिभाषित गरेको छ ? अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, सेवा-सुविधा तथा अवसरहरू के–के हुन् ? ती सेवा-सुविधा प्राप्त गर्न आवश्यक प्रक्रिया र मापदण्डहरू के हुन् ? यस्ता विविध जिज्ञासाहरूलाई केन्द्रमा राखी अपाङ्गता सम्बन्धी सचेतना, अधिकार अभिवृद्धि तथा क्षमता विकास गर्ने उद्देश्यले माइजोगमाई गाउँपालिका वडा नं. ६ मा एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

उक्त तालिममा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था, राज्यद्वारा प्रदान गरिने सेवा-सुविधा, परिचयपत्र प्राप्ति प्रक्रिया, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरलगायतका विषयमा कार्यक्रम भएको थियो ।

कार्यक्रम माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समितिका अध्यक्ष याम बहादुर सुवेदीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको बिशेष आतिथ्यता तथा वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , वडा सचिव रविन नेपाल , वडाका जनप्रतिनिधिहरु मिलिजुली समुहका पदाधिकारीहरु , वडाका अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा माईजोगमाई गाउँपालिका अपाङ्गता सहायता कक्षका सरोज पौडेलले सहजिकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन अपाङ्गता समन्वय समितिका सचिव हेमराज अधिकारीले संचालन गर्नुभएको थियो ।
केहि तस्विरहरु :

Leave a Response