समाचार

सिम्रिक द्वारा सदस्य राहत बितरण

माईजोगमाई खवर संवाददाता

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

संस्थाले नयाँबजार सेवा केन्द्र सदस्य सुमन अधिकारीको उपचारका लागि नगद १ लाख रुपैयाँ सहयोग गरेको हो । सदस्य अधिकारी मुटु रोगबाट पीडित थिए उनलाई अप्रेशन खर्चको आधारमा राहत प्रदान गरिएको हो । संस्थाको राहतकोष अन्तरगत राहत रकम बितरण गरिएको संस्थाका नयाँबजार सेवाकेन्द्र प्रमुख तारा नाथ पौडेलले बताए ।

माईजोगमाई ३ स्थित शुक्रबारेमा रहेको अधिकारीको घरमै पुगेर संस्थाका नयाँबजार सेवाकेन्द्र प्रमुख तारा नाथ पौडेल तथा माईजोगमाई वडा नम्बर ३ का वडा अध्यक्ष राम घिमिरे , कार्यपालिका सदस्य छत्र बहादुर दर्जिले संयुक्त रुपमा बिरामी अधिकारीको स्वास्थ्यलाभको कामना गर्दै उक्त रकम प्रदान गरेका हुन् ।

त्यस्तै संस्थाले नयाँबजारका सदस्य कमला देबि बरालको छोराको उपचारका लागि पनि नगद १२ हजार सहयोग गरेको छ ।

झापा , मोरङ, इलाम तथा पाँचथर जिल्लामा गरी ५० वटा सेवाकेन्द्र मार्फत शेयर सदस्य र सदस्यका परिवारलाई सुबिधा बापत प्रसुति सुबिधा , सामान्य उपचार सुविधा र मृत्यु भएका सदस्यहरुको परिवारमा राहत सुविधा ,सहित अन्य सेवा उपलव्ध गराउंदै आएको संस्थाका नयाँबजार प्रमुख तारा नाथ पौडेलले बताए ।

Leave a Response