माईजोगमाई गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक समिक्षा कार्यक्रम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिकाका वडाध्यक्षहरु कार्यलयका बिभिन्न शाखाका शाखा प्रमुखहरु माईजोगमाई गाउँपालिका अपाङ्गता संघका प्रतिनिधिहरु लगायतको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ सम्म गाउँपालिकामा पुर्ण अशक्त अपाङ्गता ८० जना, अति अशक्त अपाङ्गता ११२ जना , मध्यम अपाङ्गता १०४ जना , सामान्य अपाङ्गता ९२ जना रहेको छन् भने पालिकाबाट बिभिन्न अपाङ्गता भएका लाभग्राहीहरुलाई बिभिन्न सहायक सामाग्रीहरु बितरण समेत गरिएको छ । त्यसैगरी पालिका भित्र रहेका अपङ्गता भएका ब्यक्तिहरुको घरमा नै पुगेर पालिकाले बिभिन्न सामाग्रीहरु प्रदान समेत गरेको थियो ।