करिव दुईसाता अघिदेखी शुर भएकाे पहिराेले सुर्याेदय नगरपालिका वडा न ५ मा चार परिवारकाे उठिवास लागेकाे छ ।
सुर्याेदय नगरपालिका वडा न ५ मेचिकिनार टाेलका लाल बहादुर देवान,साख बहादुर देवान,कुसुम देवान र बदप्रसाद देवानकाे करिव पैतालिस राेपनी जग्गा बगिसकेकाे छ भने पहिराे घर नजिकै आईसकेकाे कारण उनिहरु अहिले नजिकैकाे गाेठ र आश्रय स्थलकाे वासमा रात बिताउने गरेकाे पिडित लाल बहादुर देवानले बताए ।
पहिराेले लालबहादुरकाे अलैची र अमलिसाे वगानरहेकाे बिस राेपनि,साखबहादुरकाे चियावारी रहेकाे बिस राेपनि र बेल प्रसादकाे पाचराेपनि जमिन बगाएकाे हाे ।
गत असार २३ गतेवाट लगातार तीन दिन पहिराे गएर चार परिवार बिस्तापित भएकाे जानकारी ससस्त्र प्रहरी,वडाकार्यलय,नगर पालिकामा अाफुले लगातार जानकारी गराएपनि ससस्त्र प्रहरीले अनुगमन गरेकाे पिडितलाई रेेडक्सले एकथान कम्वल र प्लास्टिक बितरण गरेपनि अरु कसैले वास्ता नगरेकाे मेचीकिनार टाेल बिकास सस्थाका सयाेजक जयन्ति गिरीले बताए ।गिरीका अनुसार तत्काल पिडितलाई सुरक्षित स्थानमा पुर्नवास गराएर दिर्घकालिन याेजनामा लाग्नु पर्ने अवस्था रहेकाे छ ।
यस वारेमा सुर्याेदय नगरपालिका वडा न ५ का वडाध्यक्ष उर्गेन बम्जनसग कुरा गर्दा पहिराे पिडितकहा अाफु पुगेर स्थलगत अध्ययन गरि पिडित मध्येका तिनपरिवारलाई सुरक्षित स्थानमा अस्थाई स्तानतरण गरिएकाे र पिडित मध्ये सख देवानलाई पनि सार्नै पर्ने अवस्था रहेकाेले सार्ने तयारी भईरहेकाे वताए ।
वडाले बिस्थापित परिवारहरुकाे लागि राहत र पुर्नवासकाे लागि आवश्यक कागजी प्रकृया सकेकाे सुर्याेदय नगरपालिका बिपत ब्यवस्थापन समितिले अनुगमन गरि आवश्यक निर्णय गर्ने अध्यक्ष बम्जनले बताए ।विपत परिसकेपछि स्थानिय सरकारले गरेकाे प्रकृयागत ढिलाईले पिडामाथि थप पिडा थपिदैगएकाे स्थानिय वासिहरुकाे दुखेसाे रहेकाे छ ।