समाचार

जनसराेकारमा जनप्रतिनिधि

गाेविन्द पाैडेल / राेङ , २७ असार

सामाजिक सन्जालमा जाेखिमपुर्वक खाेला तर्दै गरेकाे भिडियाे सार्वजनिक भए लगत्तै राेङ गाउपालिकाले तत्काल वास्तबिकताकाे स्थलगत अनुगमन गरेकाे छ ।

राेङ गाउपालिका वडा न ३ खारखाेला र ४ काे नागदह जाेड्ने भालुझाेडा खाेलामा बाढि आईरहेकाे बेलामा एक बालिका स्कुलजान काठकाे मुडावाट खाेला तरिरहेकाे भिडियाे बाहिरन साथ राेङ गाउपालिकाकाे अध्यक्ष मनिकुमार स्याङ्वाे वडा न ३ र ४ का वडाध्यक्षहरु मात्रिका वराल,राजकुमार लाप्चा सहित स्थानिय ब्याक्तित्वहरु उक्त स्थानमा पुगेर बिध्यमान अवस्थाकाे स्थलगत निरिक्षण र जाेखिम ब्यवस्थापनकाे वारेमा अल्पकालिन र दिर्घकालिन समाधानकाे छलफल भएकाे स्थानिय बिर्ख लिम्वुले बताए ।

रोङ गाउँपालिका वडा न ३ र ४ को खारखोला लगायतको बासिन्दालाई आवातजावत सहज बनाउनउक्त स्थानदेखी ६ सय मिटरकाे दुरीमा उपभोक्ताको माग अनुरूप, उहाँहरु कै उपभोक्ता समितिमार्फत रु ४३,४४,६१४/- लागतमा पुल निर्माण भैइ सुचारु भएको २० महिना भईसकेकाे तर स्थानिय नागरिकहरुले आफुलाई छिटाे हुनेगरि उक्त मुढे पुल प्रयाेग गर्ने गरेकाे पाईएकाे हाे। ईलामकाे राेङ र झापाकाे बुद्धशान्ति ७ सुनमाई जाेडिने स्थानमा राेङ ३ काे खारखाेला टाेलबाट भालुझाेडा खाेला तरेर राेङ ४ काे बस्तिबिहिन नागदह हुदै बुद्धशान्ति ७ काे मेचीराजमार्ग सुनमाई पुग्न सहज छ ।झापाकाे सहज स्थान राजमार्गमा पुग्न छिटाे हुने कारण खारखाेला वासिकाे वास ईलाम र दैनिकि काराेवार झापासग हुने गरेकाे हाे ।

” पुलको प्रयोग गरौँ – खोलामा जोखिम नमोलौँ”

झापा जानको लागि तल पनि सानो (१० मि) पुल आवश्यक रहेछ। खारखाेला वाुिहरुलाई सहज हुनेगरि तत्काललाई अस्थाई पुल (बासको पुल) आज जनश्रमदान बाट निर्माण गरिदिने र दिर्घकालिन समाधानकाे लागि गाउपालिकाले फलामे पुल नै निर्माण गरेर जनजिवन सहज बनाउने गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए । सामाजिक संजालमा दुई दिनदेखि एउटा विद्यार्थी काठको मुडाबाट खोला तरेको भिडियो हेर्दा जो कोहीलाई नरमाइलो लाग्छ र लाग्नु स्वाभाविक हो। रोङ गाउँपालिकाभित्र झोलुङ्गे पुल १५ वटाभन्दा बढी आवश्यक छ । ६ वटा झोलुङ्गे पुल निर्माण सपन्न भएको छ । ४ वटा निर्माणधीन अवस्थामा छ । क्रमश: वर्षमा दुईतीन वटासम्म झोलुंगे पुल निर्माणको चरणमा प्रबेशमा रहेकाे अध्यक्ष स्याङ्वाेले बताए । नागरिकहरुले कस्ट पाएकाे बिषयमा सामाजिक सजालमा आएका बिषयहरुमा स्थानिय जनप्रतिनिधिहरुले तत्काल अनुगमन छलफल र समाधानकाे उपया खाेजिनुलाई भने स्थानिय वासिहरुले अत्यान्तै सकरात्मक रुपमा लिएका स्थानिय वासिहरुकाे प्रतिकृया रहेकाे छ ।

Leave a Response