समाचार

फरक शैलिकाे बिबाह संस्कृति झागिदैछ राेङमा

✍️ गोबिन्द पौडेल / रोङ

परिपक्व जीवनकाे शुरुआत ठानिने बिबाह अनेकन प्रकारले गरिन्छ तर राेङमा भने बिबिह उत्सवमा नया सस्कृति फैलदै गएकाे छ ।

सामान्यतय जीवनमा एकपटक गरिने बिबाहमा तडक भडककाे हाेड नै हुन्छ अनि बिबाह पछि चुरलुम्म ऋणमा फसेर उन्मुक्तिका बिबिध उययाहरु गरिन्छ भने कसैले लाेकप्रिताकाे लागि बिना खर्चमा बिबाह सकियाे भनेर चर्चा पनि गरिने गरेकाे छ जसरी भएपनि बिना खर्च बिबाह हुने त हैन नै तर पनि ईलामाे राेङ गाउपालिकामा भने आफ्नाे बिबाहउत्सवलाई स्मरणिय बनाउन शैक्षिक प्राेत्साहन कार्यमा लगानि थालिएकाे छ । गत साता मात्रै राेङ १ का नवबिबाहित युवा कानुन ब्यवसायी बिकास जंग कार्किले आफ्नो बिवाहको अवसर पारि प्रति बर्ष रु १० हजारको दरले १० बर्ष सम्म रोङ गाउपालिका भित्रको सामुदायिक बिधालयबाट SEE मा पहिलो हुने बिद्यार्थी लाई उपलब्ध गराउन को लागि मुलुकी देवनि संहिता २०७४ को भाग ५ को परिच्छेद ६ बमोजिम गाउपालिका संग दोहोरो सम्झौता गर्नु भएको राेङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताए।

नव बिबाहित कार्कीकाे अभियान अति उदहारणीय बनेकाे छ उनकाे प्रयत्नले वालबालिहरुकाे पठन पाठनलाई प्रतिस्पधि बनाउदै गाउपालिकाकाे शैक्षिक सुधारमा सहयाेगी बन्ने बिश्वास रहेकाे राेङ १ का वडाध्यक्ष मनाेहरी खड्काले बताए ।

राेङ १ का बिकास जङ कार्किकाे उदहारणिय घाेषणा काे केहि दिनमै राेङ ६ का नवबिबाहित आशिष प्रधानले पनि त्यस्तै घाेषणा गरि गाउपालिकासग सझाैता गरेका छन ।उनले आफ्नाे बिबाहउत्सवलाई स्मरणिय र रचनात्मक बनाउन यस बर्ष राेङ गाउपालिकाका सामुदायिक बिद्यालयहरुमा अध्ययन गरि कक्षा ८ काे पालिका स्तरिय परिक्षामा उच्चतम अक ल्याएका एकजनालाई नगद दश हजार पुरस्कार दिने भएका अध्यक्ष स्याङ्वाेले बताए ।
राेङ गाउपालिकाले सामुदायिक बिद्यालय सुधारकाे लागि अनेकन कार्यक्रमहरु कार्यन्वय गरेकाे छ ।

अभिभावकहरुकाे लागि चेतना बृद्धि गर्न “अभिभावक शिक्षा”,बिद्यारर्थी नियमितता र बितिय साक्षरताकाे लागि” अध्यक्षसग बिद्यार्थी” शिक्षकहरुलाई प्रबिधि मैत्रि र डिजिटल शिक्षाकाे लागि कम्प्युटर तालिम लगायतका कार्यक्रमहरु रहेकाे छ ।यसमा थप सुधारकाे लागि पालिकाका हरेक नागरिकवाट यस्ता रचनात्मक सहयाेग भएमा शैक्षिक सुधारमा सहयाेगि बन्ने गाउपालिकाले अपेक्षा गरेकाे छ ।

Leave a Response