उत्तरे पोखरी संरक्षण सम्बन्धी बहु सरोकार मञ्च र माईजोगमाई गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
उत्तरे पोखरी संरक्षण सम्बन्धी बहु सरोकार मञ्च र माईजोगमाई गाउँपालिका बिच अन्तरक्रिया कार्यक्रम आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ ।
प्रकृति रिसोर्स नेपाल र माईजोगमाई गाउँपालिकाको गरी कुल १० लाख रुपैया लागतमा उत्तरे पोखरीको संरक्षण गरिने सहयात्रा नेपालका अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो ।
यस आर्थिक बर्षमा ५ लाख र आगमी आर्थिक बर्षमा ५ लाख गरी काम सम्पन्न हुने छ ।
माईजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा रहेको उत्तरे पोखरीको पानी सुक्न थालिसकेको छ । पानी सुक्न थालेपछि गाउँपालिकाले सहयात्रा नेपाल सगँ सहकार्य गरी कुल ६ लाख लागतमा काम सम्पन्न हुने गरी स्टिमेट पनि निर्माण भईसकेको र केही दिनमा नै काम सुरू हुने , गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनुभयो ।
उत्तरे पोखरी सिमसार महिला समितिले हाल पोखरीको पानी सुकेको समयमा पानिलाई सुक्न नदिनको लागि सहयात्रा नेपाल र माईजोगमाई गाउपालिकाको समन्वयमा काम हुने गरि स्टिमेट गरीसकेको र निर्धक्क भएर काम गर्नको लागि महिला समुहलाई माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईले अनुरोध गर्नुभयो ।
पर्यटकीय क्षेत्र उत्तरे पोखरीको संरक्षण कसरी गर्ने बिषयमा आज भएको सरोबारवालाहरुको अन्तरक्रियामा पदमार्ग बनाउने ,पानी नसुक्ने बोट बिरुवा लगाउने ,पोखरीको आसपासको डाडाहरुमा कृतिम पोखरी बनाउने, बिभिन्न प्रकारका सुचाना पाटीहरु बनाउने जसको कारण फोहोरमैला कम हुने ,पुजा गर्ने स्थानहरु निश्चित ठाउँमा तोक्ने लगायतका कुरा सहभागीहरुले बताएका थिए ।
सहयात्रा नेपाल इलामका अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता सम्पन्न अभिमुखीकरण कार्यक्रममा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की वडा नं ३ का वडाध्यक्ष राम घिमिरे वडा नं १ का वडासदस्य भक्त चेमजोङ ईलाम नगरपालिका वडा नं ७ का वडासदस्य बसन्ती घतानी, उत्तरे पोखरी संरक्षण महिला समितिका पदाधिकारी, छिपछिपे सिमसार संरक्षण महिला समितिका पदाधिकारीहरू ,नयाँबजार बजार ब्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानिय बासी बुद्दिजिवी लगायतको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको हो ।