कला तथा मनोरन्जनराष्ट्रियसमाचार

बिकाशकाे फरक आधार,चेतनाकाे बिस्तार

✍️ गाेबिन्द पाैडेल/ राेङ ,२४ माघ २०८०

 

चेतनाकाे बिस्तार गरे समग्र बिकास आधार हुने ठहरकाे साथ राेङ ६ मा तिनदिने कला साहित्य महाेत्सव गरिने भएकाे छ ।

राेङ गाउपालिका वडा न ६ काे आयाेजनामा वडाभित्रकाे फरक फरक तीन स्थानमा हुने फरक आयामकाे कार्यक्रमहरु सचालनकाे तैयारी अन्तिम चरणमा पुगेकाे छ ।
स्थानिय आवश्यक्ता र मौजुदा अवस्थाकाे वारेमा कला,साहित्य,बहस र क्यानभासकाे उपयाेगबाट चित्रण र बर्णन गरेर भावि कार्यदिशा निर्माण गर्न आगामी माघ २७ गतेबाट २९ गतेसम्म कला साहित्य महाेत्सव हुने भएकाे हाे ।बिकास भनेकाे भाैतिक पुर्वाधारहरु मात्रै हाे भनेर मरिहत्ते गरिरहने समाजमा चेतनाकाे बिकास गरेर भाैतिक बिकासलाई दिगाे र चिरस्थाई अनि प्रभावकारी रुपमा अफनत्वकाे भावना सृजना गराएर लाग्नकाे लागि गरिन लागेकाे महाेत्सवकाे पहिलाे,कार्यक्रम राेङकाे नवस्थापित पर्यटिक स्थल झण्डी डाडामा हुने भएकाे छ ।उक्त दिन रैथाने ज्ञानकाे आवश्यक्ता बारेमा राजन मुकारुङले स्पस्ट पार्नु हुनेछ भने कृषि सभावना समस्या र सिमाकाे वारेमा डा.याेगेन्द्रमान शेरचन,टक थापा र सिमा कार्कि बिचकाे बृहद अन्तकृया गरिने छ यसैगरि कला साहित्य भित्रकाे चित्रण हाङयुग अज्ञात,प्रतिभा पाैडेल र कुमारी लामा बिच अन्तर्क्रिया गरिने भएकाे छ ।

यसैगरि माघ २८ गते बिश्वब्यापीकरण भित्र गाउ शिर्षकमा वडाकै सलकपुरमा हुने कार्यक्रममा डा.तारालाल श्रेष्ठ र मनुसीयामी भट्टराईकाे अन्तर्क्रिया गाउ शहरमा महिला र पुरुष काे सन्दर्भमा कैलास राई र कविता पाेर्तेलकाे अन्तर्क्रिया, हामी ईतिहासमा बाच्छाै बिषयमा विरबहादुर लाप्चा,निरज कट्टेल,माेहनसिङ थेवे बिच अन्तर्क्रिया हुने भएकाे हाे ।साथमा स्थानिय र अन्य कवि र कवियत्रीहरुवाट बिबिध कविताकाे स्वाद चाख्न पाईने छ ।
कार्यक्रमकाे मैजाराे भने २९ गते जाैवारीमा गरिने भएकाे छ जसमा राेङ ६ भित्रकाे बिषयवस्तु पस्कदै तैयारी गरिएकाे चित्रकलाहरु काजिराना,साेनाम राई,गुणराज देवान,सन्देश राई ,छितेन शेर्पा,निलम राई लगायतकाे रहने छ भने साथमा चेतना नाट्य समुह र कुवापानि मा बिकाे नाटक गाउकाे चाैतारी मचन हुनुकाे साथै बिभिन्न जातिहरुकाे झाकिहरु समेत देख्न पाईने वडाध्यक्ष सत्यम राई चाैरासेले बताए ।

दुर्गम तर धेरै सभावना बाेकेकाे गाउहरुमा राष्टमा राजनितिक,सास्कृतिक,कला,साहित्य,समाजसेवा,चित्रकला,कृषि,पर्यटन लगायत बिभिन्न क्षेत्रमा याेगदान दिएका लब्ध प्रतिस्ठित मानिसहरुकाे ज्ञान सिप र दक्षतालाई गाउमै ल्याएर उनिहरुकाे बिज्ञता सुनाउन र फैलाउने जमर्काे वडाकाे बिकासमा काेशेढुङ्गा हुनसक्ने समस्त वडावासीहरुकाे अपेक्षा रहेकाे छ ।

Leave a Response