साना सिचाई मार्फत माईजोगमाईमा ६ वटा कुलो निर्माणको क्रममा
ईलामको माईजोगमाई गाउँपालिकामा स्विच सरकार र नेपाल सरकारको साझेदारीमा बिभिन्न स्थानमा गरी ६ वटा कुलो निर्माणको काम तिब्र गतिमा भईरहेको छ ।
माईजोगमाई गाउँपालिकाको २० प्रतिशत स्विच सरकारको ३० प्रतिशत संघिय सरकारको २० प्रतिशत प्रदेश सरकारको २० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लगानिमा कुलो निर्माणको काम भएको हो ।
माईजोगमाईको सोयाङमा काफ्ले कुलो र ठोट्नेखोला आयोजना र भुत्तेखोला आयोजना संचालनमा छ , माईजोगमाई १ नयाँबजारमा लामीखोला सिचाई आयोजना र हिलेखोला सिचाई आयोजना संचालमा छ भने जोगमाईमा बजुरखोला सिचाई आयोजना संचालनमा रहेको छ ।
स्थानिय सरकार आएपछि माईजोगमाई गाउँपालिकामा हालसम्म आठ वटा कुलो निर्माण सम्पन्न भईसकेको छ भने हाल ६ वटा कुलो निर्माणको क्रममा रहेको छ ।
हाल संचालनमा आएको काप्ले कुलो निर्माणको लागि रु.८२,६४,२८२.५१ रकम बिनियोजन भएको छ भने सोयाङमा नै संचालनमा रहेको ठोट्ने खोला सिचाई आयोजनाको लागी रु.३९,५८,३६६.८४ रकम बिनियोजन भएको छ । त्यसैगरी क्रमागत रुपमा संचालनमा रहेको भुत्तेखोला सिचाई आयोजनाको लागि रु. ७७,६१,७७७.६० रकम बिनियोजन भएको छ भने माईजोगमाई १ नयाँबजारमा संचालन रहेको लामीखोला सिचाई आयोजनाको लागि रु. ८९,९७,००५.९१ त्यसैगरी नयाँबजारमा नै संचालन रहेको हिलेखोला सिचाई आयोजनाको लागि रु ४२,७८,३४३.७१ रकम बिनियोजन भएको छ भने माईजोगमाई गाउँपालिका वडा नं २ जोगमाईमा संचालित बजुरखोला सिचाई आयोजनाको लागि रु.५२,३५,९८६.१६ रकम गरी जम्मा रु ३,८४,९५,७६२.७१ लागतमा हाल यस आर्थिक बर्षमा ६ वटा कुलो निर्माण कार्य संचालनमा रहेको जनाईएको छ ।
माईजोगमाई गाउँपालिकामा यस आर्थिक बर्षमा संचालित सिचाई आयोजनाले ३,७२० रोपनी (१६८ हेक्टर) क्षेत्रफलमा संचालित आयोजनाबाट ३८१ घरधुरी लाभान्वीत भएका छन् ।
साना सिचाई आयोजनाको यस कार्यले माईमजोगमाई गाउँपालिका बासीलाई रोजगारी समेत प्रदान गरेको छ । कुलो निर्माण कार्य हुदै गर्दा स्थानीहरु समेत खुसी भएका छन् ।
साना सिचाई कार्यक्रम ईलाम जिल्लाको माईजोगमाई गाउँपालिका सगै ९ वटा स्थानिय तहमा संचालन रहेको छन् ।