खेलकुदसमाचार

माइजोगमाईले चुम्यो लसुने भलिबल उपाधि

इलामको रोङ गाउँपालिका ३, लसुने खुला भलिबल प्रतियोगिताको उपाधि इलामको माइजोगमाई गाउँपालिकाले जितेको छ ।

आज (सोमबार) भएको फाइनलमा झापाको बुद्धशान्ति टिमलाई हराउँदै माइजोगमाईले उपाधि उचालेको हो ।

माइजोगमाईले २५–१८/२५–१८ र २५–१७ को सोझो सेटमा बुद्धशान्ति टिमलाई जितेको हो । फाइनल जितेसँगै माइजोगमाईले ३५ हजार नगद, मेडल र प्रमाणपत्र पाएको छ ।
२० हजार नगद मेडल र प्रमाणपत्र पाउँदै बुद्धशान्तिले उपविजेतामा चित्त बुझाएको छ ।

प्रतियोगिताको ‘म्यान अफ् दि टुर्नामेन्ट’ माइजोगमाईका अभिषेक कामती घोषित भए ।

खेलको निर्णायकमा ऋषिराम पराजुली र डाइमन्ड तिम्सिना थिए । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले विजेता टिमलाई ट्रफी प्रदान गरिन् ।
कोल्बुङ युवा समाजले प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Response