अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा ३२ औ अपाङ्गता दिवस मनाईयो

माईजोगमाई गाउपालिका अपाङ्गता संघको आयोजनामा आज माईजोगमाईमा ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । आजको कार्यक्रम माईजोगमाई अपाङ्गता संघको अध्यक्ष याम बहादुर सुबेदीको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्ययता साथै माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता , माईजोगमाई गाउपालिका वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आतिथ्यता, साथै माईजोगमाई गाउपालिकाको सामाजिक बिकास शाखा शिक्षा शाखा ,स्वास्थ्य शाखा , प्रशासन शाखाका प्रमुखहरू स्थानिय सुरक्षाकर्मीहरू ६ वटा नै वडाबाट प्रतिनिधिको रूपमा रहनुभएका स्वाबलम्बन समितिका पदाधिकारी तथा अपङ्गता भएका ब्यक्तिहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

र्यालि सहित नयाँबजारको बजार परिक्रमा पश्चात् कोण सभामा परिणत भएको कार्यक्रममा म्युजिकल चियर , हाडि फुटाउने जस्ता खेलहरू समेत भएको थियो ।
कार्यक्रमको बिषयमा अपाङ्गता सहायता सहजकर्ता सरोज पौडेलले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको संचालन माइजोगमाइ अपङ्गता संघका सचिव हेम अधिकारीले गर्नुभएको थियो ।

Leave a Response