झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको शुक्रबार साँझ निधन भएको छ । झापाको बुद्धशान्ति–१ का ४५ वर्षीय ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए । पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा शुक्रबार साँझ बिर्तामोडस्थित एक अस्पतालमा निधन भएको हो ।